Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अर्थनीति

मनकामना स्मार्टको आईपीओ खुल्यो, कतिले पाउँछन् यो आईपीओ ?


काठमाडौँ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) को आवेदन खुलेको छ ।

आजदेखि खुलेको सेयर २१ गतेसम्म आवेदन दिन सकिने सेयर बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जानाकारी गराएको छ । मनकामना स्मार्ट ३ लाख ८९ हजार कित्ता आईपीओ खुल्ला भएको हो ।

प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४ सय ५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा मात्र सर्वसाधारणका लागि खुल्ला गरेको हो । जसमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक कम्पनीले जानाकारी गराएको छ ।

यस अर्थमा सर्वसाधारणले १ हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गर्न सकिने भएका हुन् । मागअनुसार तोकिएको समयमा आवेदन नपरेको खण्डमा समय बढाउन सकिने बताइएको छ ।