राजनीति

४ बजे बस्ने गरी एमाले कार्यदलको बैठक स्थगित


काठमाडौँ – नेकपा (एमाले) मा सहमति खोज्न बिहानैदखि बसेको कार्यदलको बैठक दिउँसो ४ बजे बस्ने गरी सकिएको छ । छलफल सकरात्मक मोडमा अघि बढेकाले दोहोर्याएर बस्न लागिएको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।

केहीबेरमा सुरु हुने माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी हुन जानुपर्ने भएकाले अहिलेको बैठकमा कुरा नटुंगिदै स्थगित गरेको नेताहरुले जनाएका छन् ।

संस्थापन पक्षका नेताहरुले बैठकमा नकरात्मक अभिव्यक्ति नदिन नेपाललाई सजग गराउन सम्झाउन आग्रह गरेका छन् । “सहमतिको नजिक पुगेको बेला नकरात्मक अभिव्यक्ति दिएर वातावरणलाई नभड्काउन आग्रह गरेका छौँ,” । नेपाल पक्षको बैठकले नै पार्टीमा सहमती गर्ने निर्णय गरेर भोलि आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने आपेक्षा संस्थापनको छ ।