कोरोना विशेष

भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने


काठमाडौँ – कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्र लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समहूका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको छ ।

पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा।झलक शर्मा गौतमले जानकारी दिनुभयो । साथै, अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने उहाँले बताउनुभयो ।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ ।