राजनीति

प्रकाशमानको आग्रह : चुनावमा पराजित नेताले सभापतिमा दाबी नगर्नुहोस् (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये एक हुन् प्रकाशमान सिंह । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा पराजित नेताहरुलाई सभापतिको लाइनबाट पछी हट्न आग्रह गर्नुभएको छ ।

१४ औं महाधिवेशनमा सभापतिका आकंक्षी सहेत रहनुभएका नेता सिंहले आफ्नै चुनावी क्षेत्रको विश्वास जित्न नसक्ने व्यक्तिले समग्र पार्टीको भविष्य हाँक्न नसक्ने भन्दै आफुलाई समर्थन जनाउन आग्रह गर्नुभयो । पटक–पटक मन्त्री, उपप्रधानमन्त्री, पार्टीको निर्वाचित महामन्त्री र देशभर संगठनको प्रभाव भएकाले सभापतिमा आफू नै बलियो दाबेदारी रहेको सिंहको भनाइ छ  । योहो टेलिभिजनको ‘सत्य संवाद’मा कुरा गर्दै नेता सिंहले अहिलेसम्म राजधानीले पार्टी र सरकारको नेतृत्व गर्ने अवसर नपाएको बताउनुभयो । आफूले पार्टीको नेतृत्व लिँदा राजधानीको भावना पनि जित्न सकिने उहाँको भनाइ छ ।

प्रस्तुत छ, कांग्रेसको आसन्न महाधिवेशन, नेतृत्व चयन र पार्टी एकतावद्ध गर्ने प्रकाशमान सिंहको योजनाबारे योहो टेलिभिजनको ‘सत्य संवाद’ कार्यक्रममा समाचार प्रमुख जीवराम भण्डारीसँग गरिएको कुराकानी :