राजनीति

ओली र माधव पक्षका दोस्रो तहका नेताहरू छलफलमा


काठमाडौँ – आन्तरिक विवाद उत्कर्षमा पुगेको सत्तारूढ नेकपा (एमाले) का दुबै पक्षका दोस्रो तहका नेताहरू फेरि छलफलमा जुटेका छन् ।

ललितपुरस्थित एक होटलमा बिहीबार बिहान ८ बजेदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच छलफल भइरहेको छ । उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे छन् ।

उनीहरूबीच बुधबार राति पनि लामो छलफल भएको थियो । छलफल सकारात्मक भए पनि सहमतिको विन्दु फेला नपरेको नेपाल समूहका एक नेताले बताउनुभयो ।

यसअघि बुधबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । उक्त बैठकले भोलि ९शुक्रबार० केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

खनाल-नेपाल समूहका नेताहरूले भने बुधबारको निर्णय जाली र षडयन्त्रपूर्ण भएको बताएका छन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताभन्दा पनि षडयन्त्र र जालझेलमै ध्यान दिएको बताएकी छन् ।