राजनीति

कांग्रेसको महाधिवेशन केन्द्रित शीर्ष नेताको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउका हुन् ।

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरु सहभागी हुनेछन् । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ । क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ ।

क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।