राजनीति

सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ज्यादती, ज्यानै लिन पछी हटेनन्


काठमाडौँ – महाकालीमा तुइन तर्दै गर्दा भारतीय सुरक्षाकर्मीले डोरी छुटाइदिएपछि दार्चुलाको ब्यास गाउँपालिका–२ का जयसिंह धामी शुक्रबार बेपत्ता भएका छन् । जसको वास्तविकता अझै बाहिर आएको छैन । नेपाल भारत सीमावर्ती क्षेत्रमा बसेका भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई दुःख मात्रै दिदैनन्, पाए ज्यानै लिन पछी पर्दैनन् ।जसको नियती शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ का जयसिंह धामीले ब्यहोरेका छन् ।

व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका करिव ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान वैदेशिक रोजगारको सपना बोकेर काठमाडौं यात्रामा निस्किएका थिए  । विहानको सात बजे घरबाट निस्कीएका उनीसहितका स्थानीयहरु आधा घण्टा हिडिसकेपछि महाकाली नदिमाथि लगाईएको तुइन नजिक पुगे । आफ्नै जिल्लाको सदरमुकाम पुग्न पनि महाकालीनदिमा लगाईएको तुइन चढेर भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यता छ । उनीहरुमध्ये केही त नदी तर्न सफल भए, तर जयसिंह धामीले तुइन तर्दै गरेको डोरी भारतीय सुरक्षाकर्मी एसएसबीका सीपाहीले बाँधिएको रुखबाट छुटाइदियो । जयसिंह धामी पारीपट्टी पुग्नकरिब डेढ मिटरमात्रै बाँकी हुँदै एसएसबीका जवानले तुइनको डोरी काटिदिएपछि उनी उर्लिरहेको महाकालीको साउने भेलमा खसे र बेपत्ता भए । अहिलेसम्म पनि उनी भेटिएका छैनन् । प्रत्यक्षदर्शी स्थानीयका अनुसारजयसिंह महाकालीमा खसेपछि एसएसबीका जवान तुइन काटेको फलामको आरासहित ब्यारेकतर्फ भागेका थिए ।

महाकाली नदीमाथि नेपालको मालगाउँ र भारतको गस्कु जोड्ने तुइन छ ।यहीँ तुुइनमार्फत व्याँस गाउँपालिकाबासीले ओहोरदोहोर गर्न थालेको २१ बर्ष भयो ।यसअघि पनि भारतीय सुरक्षाकर्मीले बेलाबेला तुइन निकालेर दुःख दिने गरेका थिए । यसपटक त तुइनमा मानिस भएकै बेला डोरी काटेर भारतीय अर्धसैनिक एसएसबीले आपराधिक मानसिकता प्रदर्शन गरेको हो ।स्थानीयहरु अहिले भन्छन्, हामी निरीह भएर त्यो कारुणिक दृष्य हेर्न मात्रै सक्यौं ।एसएसबीको गाली, कुुटपिट गर्ने र धम्क्याउने काम त हामीले वषौँदेखि सहेकै थियौं । अहिले आएर कल्पना नै नगरेको अमानवीय घटना हामीमाथि गरेको हो । यो विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलालाई बुझ्दा अहिलेसम्म वास्तविकता नआएको बतायो । उसले यतिसम्म निकम्मा जवाफ दिएको छ कि, तुइनमा भएको व्यक्ति जयसिंह नै हो र एसएसबीले नै डोरी काटेको हो भन्ने के ग्यारेन्टी ?भन्दै भारतीयको बचाउको भाषा नेपाली अधिकारीको छ ।

२०७३ को फागुन २६ गते कन्चनपुरमा भारतीय एसएसबीको गोली लागेरगौविन्द गौतमको ज्यान गएको थियो । भारतीय सुरक्षाकर्मीबाट मात्रै होइन, चिनियाँ सेनाले समेत २०१६ मा मुस्ताङ सीमा क्षेत्रमा नेपाली सेनाका जमदार बमप्रसाद बास्कोटाको बिनाकारण ज्यान लिएको थियो ।त्यतिबेलाका प्रधानमन्त्री बीपी कोइरालाले चिनिया समकक्षीको विरोध र यथार्थ माग गरेपछि चिनिया प्रधानमन्त्री चाउ एनलाईले माफी मागेर ५० हजार जरिवाना तिरेका थिए ।

नेपालको त्यो बेला गौरवशाली शाख थियो । अहिलेको सरकार र प्रशासन यथार्थ भन्न समेत खुट्टा कमाउँछन् ।सीमा मिचेको विरोध गर्दा किसुनदेव यादव, वासुदेव साहजस्ता नेपालीको एसएसबीले प्राण लिएको थियो ।अहिले दार्चुला घटनामा गृहमन्त्रालयले छानबिन समिति बनाएको छ ।सत्थतथ्य छानबीन गर्न विद्यार्थी संगठनहरुले पनि सरकारलाई दवाव दिएको छ । अब छिटो अनुसन्धान सम्पन्न गरेरभारतीयको ज्यादतीविरुद्ध सरकार दरिलोसंग प्रस्तुत हुन जरुरी छ ।