राजनीति

ओलीलाई जालझेल नगर्न माधवको चेतावनी


काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीलाई संकेत गर्दै फेरि पनि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराउनुभएको छ ।

अखिल फोर्सले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराउनुभएको हो । ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको नेता नेपालको भनाइ थियो ।

नेता नेपालले प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको जिकिर गर्नुभयो ।