राजनीति

एमालेको स्थायी कमिटी बैठक स्थगित



काठमाडौँ –नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरण सुनेर अध्यक्ष केपी शर्मा ओलीले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको हो । एमाले उपाध्यक्ष वामदेव गौतमले भने विघटित कार्यदलका सदस्यहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नका लागि समय माग गरेपछि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

भोलि ३ बजेसम्म विवादको निचोड निकाल्ने गरी प्रयास हुने गौतमले बताउनुभयो ।