कोरोना विशेष

२४ घण्टामा ३ हजार १०६ मा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु


काठमाडौँ – नेपालमा थप तीन हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५१९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार १०६ जनाको नतिजा पोजिटिभ आएको हो । नौ हजार २६३ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार २८० र चार हजार २५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।