राजनीति

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव


काठमाडौँ – जसपा संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।

संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन हुनुभएको हो । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।