राजनीति

पार्टी एकता छिटो टुंग्याउनु पर्ने एमाले नेताहरुको जोड


काठमाडौँ – नेकपा एमाले एकता लागि गठन गरिएको विघटित कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजै पार्टीको स्थायी समिति बैठक बोलाउनु भएको छ । त्यसमा माधव नेपाल पक्ष सहभागी हुने, नहुनेबारे मौन देखिएको छ । नेपाल पक्षले पार्टी भित्र दुई अध्यक्षको व्यवस्था हुनुपर्ने प्रस्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्य दलले सहमति जुटाएको १० बूँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दैै आएको छ ।