राजनीति

पार्टीमा माधव नेपालका लागि कुनै ठाउँ नभएको ओलीको भनाई


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको बताउनुभएको छ । काठमाडौँ जिल्ला कमिटीको बैठकमा ओलीले नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको बताउनुभएको हो ।


उहाँले आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै त्यस्ता व्यक्तिलाई ठाउँ नभएको बताउनुभयो । पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो । पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने ओलीको भनाइ थियो ।