कोरोना विशेष

तोकिएकै समयमा सबैले खोप पाउने सम्भावना कति ? (भिडियोसहित)


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रालयमै बलाएर सोधे, खोपको तालिका र योजना के छ ? जवाफमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी असोजभित्र कुल जनसङ्ख्याको ३३ प्रतिशत र चैत्र महिनाभित्रै सबै नागरिकलाई खोप लगाइसक्ने गरी योजना खोप तालिका बनाएको बताए ।

एकातिर सरकार निरन्तर खोप आयातमा लागेकै देखिन्छ । खोप भित्रयाउने चाँजोपाँचो पनि मिल्दै गएको देखिन्छ । चीन अमेरिका, भारत लगायतबाट खोप निरन्तर सहयोग भइरहेकै छ । दिनरात र समयको महत्व बुझेर खोप लगाउन राज्यका संयन्त्र लाग्नु पर्ने होइन र ? एक डोज खोपका लागि भनसुन गर्नु पर्ने त्यसमा पनि स्वास्थ्य चौकीमा खर्टिका स्वास्थ्यकर्मी, जनप्रतिनिधिको खुस परे खोप दिने नपरे बन्द गर्ने ।

आफन्त चीनजानका भए उमेर समूह पनि लागु नहुने, नभए त्यो पनि नपाइने । राज्यको उपल्लो तहमा पुगेकाहरुको मात्रै कमजोरी देख्दा तल्लो तहमा कार्यान्वयन इकाईमा बसेकाहरुको कमजोरीले यस्तोसम्म हुँदोरहेछ ।

कोरोनाको दोस्रो लहर सुरु नहुँदासम्म खोप प्रति पनि नेपालीहरुमा खासै रुची थिएन । कोरोना सकियो अब खोप जरुरी छैन भन्ने सम्मको धारणा जनमानसमा नबनेको होइन । तर एकाएक दोस्रो लहर यसरी फैलियो की अकल्पनीय रुपमा संक्रमण बढ्यो र मानवीय क्षति भयो । निषेधाज्ञाकै कारण कोरोनाको जोखिम कम भयो । अहिले निषेधाज्ञा खुकुलो भयो पुन संक्रमण पनि बढ्यो ।

यहीबेला विज्ञहरु तेस्रो लहर छिट्टै सुरु हुने चेतावनी दिइरहेका छन् । विज्ञहरु यो पनि भनिरहेका छन् की तेस्रो लहरमा फैलिने डेल्टा प्सल भाइरसलाई अहिले चलिरहेको खोपले समेत प्रतिरक्षा गर्न नसक्ने दावी गर्दछन् । के यदी त्यसो भयो भने हामी फेरि कोरोनाको अर्काे अन्धकार संकटमा फस्ने छौँ ? ख्याल ख्याल गर्दा गर्दै कतै हामी दोस्रो लहरमा फसेको भारतको स्थितिमा त पर्नेवालामा छैनौँ ?

कहिलेकाहीँ परिस्थीतिको वास्तविक आँकलन गर्न नसक्दा, हेलचक्रयाइँ गर्दा दुर्घटना हुने गर्दछ । दोस्रो लहरमा बढि क्षति हुनुको कारण पनि यही हो । त्यसकारण तेस्रो लहरका बारेमा चनाखो हुनु, नागरिक आफो सतर्क रहनु जरुरी छ । आलोचना नै आलोचना खेपेर बाहिरिएको ओली सरकार पछि गठन भएको देउवा सरकारले स्वास्थ्य संकटलाई कसरी व्यवस्थापन गर्ला ? खोप नै अहिलेको भरपर्दाे सुरक्षित विकल्प मानिएका बेला कतै खोप आयातमै त कठिनाई नहोला ? भन्ने प्रश्न पनि उब्जीएको छ ।