राजनीति

मन्त्रिपरिषद विस्तारबारे देउवा-प्रचण्ड छलफलमा


काठमाडौँ – मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका अर्का नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रालय बाँडफाँडको बारेमा गठबन्धनका अन्य नेताहरूसँग पनि कुराकानी गर्ने समझदारी भएको छ ।प्रचण्डले यसबीचमा जसपा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।

सरकारको बहुमत सुरक्षित गर्न र गठबन्धन जोगाउनका लागि माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउनुपर्ने पक्षमा प्रचण्ड छन् । एमाले एकताको प्रयास जारी रहेको र माधव नेपाल आफ्नो समूहका केही नेताको दबाबमा परेकाले निर्णय हुन सकेको छैन ।