राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै, ३ एजेन्डा तय


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरणरवितरण सम्बन्धमा छलफल गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।