राजनीति

माधव पक्षले ‘अखिल फोर्स बृहत् भेला’ गर्दै


काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षले आज (शनिबार) काठमाडौँमा अखिल युथ फोर्सको बृहत् भेला आयोजना गर्दै छ ।

अध्यक्ष केपी शर्मा ओलीको पक्षले युथ फोर्स गठन गरेपछि अखिल फोर्स गठन गरेको नेपाल पक्षले आज त्यसको राष्ट्रिय भेला गर्न लागेको हो ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा दिउँसो १२ बजे हुने भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथि रहने आयोजक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीले जनाएको छ ।