कोरोना विशेष

पहुँच भरमा लगाईंदै कोरोना खोप, लक्षित समूह भने घण्टौ लाइनमा (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ महानगरले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिहरु, शिक्षक–शिक्षिका र सार्वजनिक यातायातका मजदुरहरुलाई कोरोना विरुद्धको खोप लगाईरहेको छ । तर वडा नम्बर ९ को खोप केन्द्रमा भने यी समूहका भन्दा पहुँचका भरमा अन्यले नै खोप लाउने गरेको भेटिएको छ । अर्थात खोप पाउनुपर्नेहरु बाहिर घण्टौ घाममा लाईनमा बस्न बाध्य बन्दा पहुँच हुनेहरुले भने मादण्डमै नपरेपनि कोरोना खोप लगाईरहेका छन ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित बत्तिसपुतलीको । यहाँ रहेको अनुपम फुटल्याण्डलाई कोरोना विरुद्धको खोप केन्द्र बनाईएको छ । जहाँ सयौँको संख्यामा सर्वधारणहरु खोप लगाउन आएका छन् ।

महानगरले ५० वा सो भन्दा माथिको सबै उमेर व्यक्तिहरु, शिक्षक–शिक्षिका र सार्वजनिक यातायातका मजदुरहरुलाई खोप लगाईरहेको छ । खोप केन्द्रमा स्वयंसेवक दाबी गर्ने थुप्रै भेटिन्छन । जसमा कोहि भने छेउछाउकै व्यापारीहरु हुन । तर उनीहरुलाई न महानगरले खटाएको हो न त वडा ले नै । त्यसो भए उनीहरु यहाँ किन स्वयंसेवक बनेर बसिरहेका छन त ? अनि किन मापदण्ड नपुगेका यत्तिका मानिसहरु भित्र छन जबकि बाहिर खोप पाउने मापदण्डमा परेकैहरु घण्टौँबाट तातो घाँममा लाईनमा बसिरहेका छन । यसबारे प्रश्न गर्दा उनीहरु नै धम्कीकोे भाषा बोलिरहेका थिए ।

यहाँ स्वयमसेवका रुपमा रहेका राजु सिंह भने पहिले मापदण्डमा परेकाहरुलाई नै खोप दिएको र उनीहरु आउन छाडेपछि मात्र बाँकी रहेका खोप अरुलाई लगाईने बताउछन । तर मापदण्ड नै नपुगेकी महिला हाम्रै अघि भित्र पस्ने तयारीमा थिईन । बाहिर यत्रो लाईन हुँदाहुदै उनीजस्ता धेरै जना पहुँचकै भरमा भित्र पसिसकेका छन । उनलाई भने हामी त्यहि भएको कारण भित्र पस्नबाट रोकेऊ ।

काठमाडौँ महानगरपालिका भने उमेर समूह र लक्षित समूहमा नपरेकाहरुले पछि आफ्नो पालो आएपछि लगाउन पाउने बताँउछ । सरकारले यथासक्य चाँडो सबै नागरिकलाई खोप लगाउने उद्देश्यका साथ काम गरिरहेकाले लक्षित समूहमा नपर्नेले भिडभाँड नगदिन आग्रह छ ।

महानगरले लक्षित समूह बाहेकलाई पछि प्राथमिकताका आधारमा खोप लगाउने बताँईरहेको छ । र सरकार पनि आगामी असोजसम्ममा सबै नागरिकलाई खोप लगाउने तयारीमा छ ।

तर लक्षित समूह घाममा घण्टौ लाईनमा बसिरहँदा पहुँचभएकाहरुले भने भकाभक कोरोना खोप लगाईरहेका छन । जसले खोपको व्यवस्थापनमा कतिसम्म लापरबाही भईरहेको छ भन्ने उजागर गरेको छ ।