राजनीति

एमालेले बोलायो स्थायी समिति बैठक, पार्टी एकता र महाधिवेशनबारे छलफल हुने


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ । एमालेले भोलि शनिबारका लागि बैठक बोलाएको हो । पार्टीको महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।

शनिबारको बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमाले महासचिव ईश्वर पोखरेलले बताउनुभयो । यस्तै, बैठकमा माधव नेपाल पक्षसँगको एकताको विषयमा पनि विस्तृत छलफल हुने महासचिव पोखरेलले बताउनुभयो ।