राजनीति

विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ : अमिक शेरचन


काठमाडौँ – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने कामलाई पहिलो प्राथमिकतामा राख्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो ।

प्रमुख शेरचनले विद्यमान समावेशी र समानुपातिक सहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट कसैलाई नभएको उहाँको भनाइ थियो ।