कोरोना विशेष

२४ घण्टामा ३ हजार ६११ मा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ७८३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ४६७ र ४ हजार ८७८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार १४४ जना गरी ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ८१६ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २७ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ८३४ पुगेको छ ।