समाचार

यस्ता हुन्छन् शुक्रबार जन्मिएका व्यक्ति


काठमाडौँ – ज्योतिषशास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको बार, महिना र समयले निर्धारण गरेको हुन्छ ।शास्त्रको अनुसार कुनै मान्छे कुन बार तथा कति बेला जन्मेको हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्दछ ।

  • शुक्रबार जन्मिएका व्यक्तिहरुको स्वर निकै मधुर हुनुका साथै मुस्कान पनि मनमोहक हुने गर्छ ।
  • शुक्रबार जन्मेका व्यक्तिहरुको स्वभाव निकै शान्त हुन्छ भने यिनीहरुको मन, दिमाग र शरीर निकै राम्रो र सफा हुने गर्छ ।
  • शुक्रबार जन्मेका व्यक्तिहरुलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने भएकाले यिनीहरुलाई धेरैजसो रचनात्मक क्षेत्रमा देखिन सकिन्छ ।
  • शुक्रबार जन्मिएका व्यक्तिहरू निकै भावुक स्वभावका हुने गर्छन् जसकारण यिनीहरु अरुको दुःखसमेत देख्न सक्दैनन् र आफू पनि छिट्टै दुःखी हुने गर्छन्। यस्ता व्यक्तिमा भएको राम्रा गुणहरु नै उनीहरुका लागि नराम्रो साबित हुन जान्छ ।
  • शुक्रबार जन्मेका व्यक्तिहरुका निकै धेरै साथीहरु हुने गर्छन् तर, चाहिएको बेलामा साँचो मित्र निकै कम हुने गर्छन् । यस्ता व्यक्तिहरुलाई रिस निकै कम आउने गर्छ ।
  • यस्ता व्यक्तिहरुले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउने गर्छन् तर, जब एक पटक सफलता पाएपछि स्थायी रुपमा पाउने गरेका हुन्छन् । शुक्रबार जन्मेका व्यक्तिहरुमा धनको कमी कहिले पनि हुँदैन तर उनीहरुले कहिले पनि बचत गर्न भने सक्दैनन् ।