राजनीति

उर्जामन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता गरेकी छन् ।

शुक्रबार उर्जा मन्त्रालयमा भएको भेटमा दुई देशका आपसी सम्बन्ध र विविध चासोका विषयमा छलफल भएको मन्त्री भुसालले जनाएकी छन् ।

मन्त्री भुसालले वर्षौंदेखि जनस्तर र सरकारबीच रहीआएको गहिरो सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेकी छन् ।