राजनीति

भीम रावलले भने : संशोधन नगरी एमसीसी अनुमोदन गरिए राष्ट्रघात हुन्छ


काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना (एमसिसी) देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले एमसीसीसँगै भएका अन्य सहायक सम्झौता पनि सार्वजनिक गर्न माग गर्नुभयो । नेपालले असंलग्न परराष्ट्र नीति अंगालेकाले कुनै पनि रणनीतिक कार्यक्रममा संलग्न हुन नहुने रावलको भनाइ थियो ।

देशको स्वाभिमान ओझेलमा पर्ने गरी सन्धि सम्झौता गर्नुभन्दा नेपालमा उठ्न बाँकी राजश्व संकलन गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

एमसीसी संसदबाट सम्झौता अनुमोदन नभई कार्यालय खुल्ने, जग्गा अधिग्रहण गर्ने काम बढेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।