काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताउनु भएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गर्नु भयो ।
विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केपी ओलीले यो गरेन् त्यो गरेन् भन्ने दिन गएको स्मरण गराउँदै काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पार्नु भयो ।
नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । फरक प्रसंगमा उहाँले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिनु भयो । नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि स्पष्ट पार्नु भयो ।


प्रतिक्रिया