अर्थनीति

चार दिनदेखि लगातार सुनको भाउ उकालो लाग्दै


काठमाडौँ – नेपाली बजारमा चार दिन देखि लगातार सुनको भाउमा वृद्धि भएको छ । आज पनि पाँच सयले बढेको छ ।

हिजो तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार नौ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।