देश

कुवेतमा डेलिभरी ब्वाईको रुपमा कार्यरत नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु


काठमाडौँ – कुवेतमा डेलिभरी ब्वाईको रुपमा काम गर्ने एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको गाडीले मोटरसाइकलमा सवार रहका उनलाई ठक्कर दिँदा मृत्यु भएको कुवेती सञ्चारमाध्यमले जनाएको छ । उनलाई रुमैथिया भन्ने ठाउँमा गाडीले ठक्कर दिएको हो । मृतकको परिचय भने खुलाइएको छैन ।


उनको शवलाई पोेस्टमार्टमको लागि फोरेन्सिक ल्यावमा पठाइएको अनुसन्धानामा संलग्न प्रहरीले बताएको छ ।