राजनीति

पार्टी एकताका लागि पौडेल सक्रिय, नेता नेपालसँग आज भेट गर्दै


काठमाडौँ – उत्कर्षमा पुगेको नेपाल कम्युनिस्ट पार्टी एमालेको आन्तरीक विवाद समाधान गर्न र पार्टी एकता गराउन एमालेका उपमहासचिव विष्णु पौडेल निकै सक्रिय देखिएका छन् । उन िपछिल्लो समय पार्टी एकताका लागि दौडधुपमा लागिरहेका छन् । पार्टी एकताको प्रयासस्वरुप आज पनि वरिष्ठ नेता माधवकुमार नेपालसँग पौडेलले भेट्दै छन् ।

बिहीबार पनि एमालेका अर्का नेता सुवास नेम्वाङले नेपालसँग भेट गरेका थिए । तर, त्यो भेट उपलब्धि मुलक नभए पछि पौडेलले मेलमिलापका लागि आज पनि भेटवार्ताको प्रयास थालेका हुन् । उक्त भेटमा नेता नेपालले पार्टी विवाल मिलाउन छलफल गर्ने बताएका थिए । हिजो नेम्वाङ र नेता नेपालबीचको भेटमा यसअघि कार्यदलले बनाएको १० बुँदे प्रस्तावमा ओली नेपाल बसेर छलफल गर्नेबारे कुरा भएको थियो ।