राजनीति

यी ४ नेताहरुले किन लिए ‘यू टर्न’ ? (भिडियोसहित)


काठमाडौँ – पूर्व माओवादी तर्फका प्रतिनिसिभाका चार सांसद्हरु पुनर्बहालीको माग गर्दै न्यायालयको ढोकामा पुगेका छन्, भने आफ्ना अभिव्यक्तिहरु पनि सच्याउन थालेका छन् ।

संकटको घडीमा साथ नपाएको माओवादी केन्द्रको नेतृत्वले भने उनीहरुको अनुनयलाई वेवास्ता गरिरहेका छन् । के यस्तो बेला पूर्व माओवादीहरुको पुनमिलन सम्भव छ ?

ठिक चार महिना अघि नेता टोप बहादुर रायमाझीले आफूहरु झुक्कीएर पनि माओवादी केन्द्रमा नफर्कने बरु सांसद र मन्त्री पदकै मायाँ मार्न तयार छौँ भनेका थिए । आफूहरु एमाले भइसकेको उनको टिप्पणी थियो ।

नभन्दै नेकपाको विभाजनसंगै नेकपा माओवादी केन्द्रले चरम संकटमा पार्टीलाई साथ नदिएको भन्दै टोपबहादुर रायमाझी लगायत प्रतिनिधिसभाका आफ्ना चार सांसदहरुलाई कारवाही गर्याे । यो चार महिनाको अन्तरालमा समयले यसरी कोल्टे फेर्याे की न उनीहरुसंग सांसद पद छ न आबद्ध कुनै दल नै ।

त्यसो उनै रायमाझी लगायत पूर्व माओवादी सांसदहरुले आफ्नो बचाउ गर्दै पुनर्वहालीको माग गरेर सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । उनीहरुले मायाँ छैन भनेको सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै रिट दायर गराएका हुन् । सो रिट उपर बिहिबार सुनुवाई हुने भनिए पनि हेर्न नभ्याइने सुचीमा राखीयो । बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी सूचीमा चढेपनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण रायमाझी लगायतले दायर गरेको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।

न एमालेमा न माओवादीमा भएर घर न घाटको भएका यी नेताहरु ओत लाग्ने छहारीको खोजीमा सर्वाेच्च पुगेका हुन् । तर के यस्तो अवस्थामा विल्लीवाठ भएका यी नेताहरु माओवादमिा समाहित हुन सक्लान् त ? नेकपा विभाजन पछि एक प्रकारले कमजोर बनेको नेकपा माओवादी केन्द्रलाई शक्ति आर्जन गर्नु परेको छ ।

ओली बाहेकको कम्युनिष्टहरु पुन एक हुन जरुरी रहेको बताउँदै आएका छन् । तर जुन सांसदहरुले साथ नदिँदा राजनीति उथलपुथल भयो उनै नेताहरुलाई सहजै पार्टीमा स्वागत गर्न नहुने माओवादी पार्टीभित्र व्यापक दवाव देखिन्छ । यद्यपी आत्मालोचनासहित वामपन्थीहरुको व्यापक धू्रवीकरण जरुरी रहेको नेताहरु बताउँछन् ।

सांसद पद गुमेका सांसदहरुको पद पुनबहाली भएर पुन माओवादी केन्द्रमै जोडिए एमालेसंग मिल्नु अघिको माओावदी केन्द्रको संरचना माओवादी केन्द्रमा पुन बन्ने देखिन्छ । त्यसका लागि रामबहादुर थापा, मणि थापा लगायतको स्थिति पनि बदलीनु पर्दछ । भर्खरै खुला राजनीतिमा फर्किएका नेत्रविक्रम चन्द विप्लव समूहले पूवृ माओवादीहरुको मिलनका लागि देखाएको सक्रियता र सर्वाेच्च अदालतको फैसला पनि सोही बमोजिम आए पूर्व माओवादीहरु पुन एक हुने स्थिति पैदा हुने देखिन्छ ।