कोरोना विशेष

आफ्नै कर्मचारीमाथि केएमसी अस्पतालको ज्यादती, तलव भत्ता नदिएको भन्दै कर्मचारी आन्दोलित


काठमाडौँ – काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित बनेका छन् ।

कोरोना संक्रमणको जोखिममा खटिएका जनशक्तिलाई भत्तासहितको सुविधा समेत नदिएर दुख दिएको कर्मचारीहरुको गुनासो छ । लामो समय काम गरेर स्वास्थ्यकर्मीहरुलाई बरु जागिर नै छाड्न अस्पताल प्रशासनले दवाव दिँदै आएको उनीहरुको दावी छ ।

कोरोना महामारीको समयमा ज्यानै जोखिममा राखेर खटिएका काठमाडौँ सिनामंगल स्थित केएमसी अस्पतालका स्वास्थयकर्मीहरुलाई अस्पतालले तोकिएको सेवा सुविधा उपलिब्ध नगराएपछि उनीहरु आन्दोलित बनेका छन् । सेवा सुरु हुँदा र पछि अस्पतालले तय गरेको विधि नियम अनुसार दिनु पर्ने सेवा सुविधा कटौती गरिदिएको भन्दे कर्मचारी र स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका हुन् ।

उनीहरुले अस्पताल सञ्चालकबाट एकलौटी रुपमा लादिएको २०७७ विनियम खारेज गरी सेवासर्त विनियम २०६८ पूर्ण रुपमा कार्यन्वयन गर्नु पर्ने माग गरेका छन् । गर्त वर्ष बृद्धि भएको तलब तथा कोभिड भत्ता समेत अस्पतालले नदिएको र कमचारीहरुलाई दुख दिएको आन्दोलरत स्वास्थ्यकमीहरुको गुनासो छ ।

अस्पतालको व्यवहारबाट यहाँ कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरु आहत बनेका छन् । उनीहरुलाई कर्मचारीसंग छलफल नै नगरि यस्तो महामारीको बेलामा रोजगारबाटै निकालि दिएको बताउछन् । २०/२२ वर्ष देखि काम गर्दै आएका कर्मचारीहरुलाई काठमाडौं मेडिकल अस्पतालले सेवा सर्त नै कटौती गरिदिएपछि उनीहरु मर्कामा परेको बताउछन् । अस्पतालको सर्त अनुसार काम गर्ने मन नभए राजीनामा दिन आफूहरुलाई दवाव दिएको स्वास्थ्यकर्मीहरु बताउछन् ।उनीहरुले निकासित गरिएको कर्मचारीको पुनःबहाली गर्न समेत माग गरेका छन् ।

यता अस्पताल प्रशासनले भने काठमाडौँ मेडिकल कलेजको कर्मचारी सेवा सर्त सम्बन्धी २०७७ अनुसार जुन संस्थामा काम गरेको कर्मचारीलाई हटाउन सक्ने र सरुवा गर्ने प्रावधान रहेकोले ट्रेड युनियनको पदाधिकारीहरुसंगै छलफल गरेर नै पुराना कर्मचारीहरुलाई सरुवा गरेको दावी गर्छन ।

सरकारी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले राज्यको सेवा सुविधा पाएपनि निजी स्वास्थ्य संस्थामा कार्यरत हरेकको श्रम शोषण भइरहेको केएमसीको घटनाबाट पनि बुझ्न सकिन्छ । साधारण तरिकाबाट आफूहरुले आफ्नो माग राख्दा पनि अस्पताल प्रशासनले गम्भीरता नदेखाएका कारण आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाई छ ।