राजनीति

जसपा बैठक सम्पन्न, के भयो निर्णय ?


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेता छान्ने भएको छ । विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो । तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ ।

जसअनुसार पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदीलाई राखिएको छ । त्यसैगरी अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाई राखिएको छ । आजको बैठकले मन्त्रीहरुको नाममा सामान्य छलफल गरे पनि टुंगो लगाएको छैन ।