कोरोना विशेष

कोरोनाको सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन


काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोनाको सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले कारोनाको पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिदैँ सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले आवश्यक भौतिक संरचना एवम् उपकरणको व्यवस्थापन गर्न तथा खोपको प्रवन्ध गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति निरु देवी पालले बताउनुभयो ।

समितिले बालबालिका सम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मी न्यून रहेकाले स्वास्थ्यकर्मीहरुको प्रभावकारी व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको ठाउँमा सेवा गर्नका लागि स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा देखिएको दुविधालाई सम्बोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले डिजिटल संसारमा सक्रिय रहेका बालबालिकाहरुको समग्र विकासमा परेको प्रभावका विषयमा तथ्यमुलक अध्ययन गर्न पनि निर्देशन दिएको छ ।