राजनीति

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले बुझायो प्रतिवेदन

कल्याण गुरुङको ‘नोट अफ डिसेन्ट’ कायमै


काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन सच्याएर बुझाएको छ । असार मसान्तसम्म कार्यावधि रहेको समितिले १४ दिनको अतिरिक्त समयपछि आज प्रतिवेदन बुझाएको हो । बुधबारको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले आज दिउँसोसम्म समय दिएर थप मिलाएर ल्याउन निर्देशन दिएको थियो ।

बुधबारको प्रतिवेदनमा पनि पहिलेको प्रतिवेदनभन्दा तात्विक फरक नभएको समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले ९६ प्रतिशत काम सकिसकेको छ भने बाँकी काम भने केन्द्रीय नेतृत्वले टुंग्याउने छ ।

योसँगै क्रियाशील सदस्यताका कारण महाधिवेशन नहुने भन्ने आशंका हटेको प्रवक्ता पौडेलले जनाकारी दिनुभयो ।