राजनीति

मन्त्रिपरिषद् विस्तार तयारी, माधवलाई भेट्न कोटेश्वर पुगे प्रचण्ड


काठमाडौँ – मन्त्रिपरिषद् विस्तार तयारी भएसँगै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेट विस्तार तयारी गरेपछि नेपाललाई मनाउन प्रचण्ड कोटेश्वर पुगेका हुन् । पछिल्लो पटक बालुवाटारमा भएको पाँच दलीय गठबन्धन बैठकमा प्रतिनिधि पठाएर सरकारमा नजाने सन्देश सुनाएका नेपाललाई मनाउन प्रचण्ड फेरि कोटेश्वर पुगेका हुन् ।