राजनीति

७ वर्ष कांग्रेस र वामपन्थीबीच सहकार्य हुन्छ, चुनावी तालमेल गर्छौं : वर्षमान पुन (भिडियोसहित)


काठमाडौँ – वर्षमान पुन सत्तारुढ नेकपा माओवादी केन्द्रका एक जना प्रभावशाली नेता हुन्, जो केपी ओली सरकारमा उर्जामन्त्री रहेर बाहिरिएपछि कांग्रेससहितको विपक्षी गठबन्धन निर्माण गर्न सक्रिय थिए ।

अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकारको प्राथमिकता निर्धारण गर्न बनेको कार्यदलमा उनी माओवादी केन्द्रको तर्फबाट सदस्य छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १७ दिन वित्यो । तर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको छैन । गठबन्धनमा आवद्ध दलहरुबीच भागबण्डामै कुरा अड्कीएपछि २० मन्त्रालय नेतृत्वविहिन अवस्थामा छन् । बरु गठबन्धनभित्रबाटै विरोधका आवाजहरु बाहिरिन थालेका छन् । यसै विषयमा माओवादी नेता वर्षमान पुनसँग योहो टेलिभिजनको ‘सत्य संवाद’ कार्यक्रममा समाचार प्रमुख जीवराम भण्डारीले गरिएको कुराकानी :