राजनीति

पूर्वमाओवादी नेताले दायर गरेको रिटको सुनुवाई न्यायाधीश कार्कीको इजलासमा


काठमाडौँ – पूर्व माओवादीका चार नेताहरुले सांसद पदमा पुनर्बाहलीको माग गर्दै दायर गरेको रिटको सुनुवाई न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा हुने भएको छ। उनीहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको इजलासमा पेशी तोकिएको हो।

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहालीको माग राख्दै बुधबार सर्वोच्च अदालतमा अलग–अलग रिट दायर गरेका थिए । आफूहरु एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको उनीहरुको जिकिर छ।

नेकपमा विवाद भएपछि माओवादी केन्द्र छाडी यी चारैजना नेताहरु एमालेतिर लागेका थिए । माओवादी केन्द्र त्यागेको भन्दै पार्टीले सांसद पदबाट बर्खास्त गरेको तीन महिनापछि उनीहरु पुनर्बहालीको माग राखेर सर्वोच्च गएका हुन्।