राजनीति

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ


काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका हुन् ।

योजना आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बु पनि नियुक्त भएका छन् । प्रधानमन्त्रीको उपस्थितिमा आयोगका उपाध्यक्ष पौडेलले सदस्यहरू फुँयाल र गुरूङलाई पनि शपथ गराएका छन् । उनीहरूलाई मन्त्रिपरिषद्को गत साउन १२ को बैठकले आयोगमा नियुक्त गरेको थियो। समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलगायत मन्त्रीहरू सहभागी थिए ।

यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।