राजनीति

सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा दायर रिटको पेसी आज


काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेसी आज तोकिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

रायमाझी, भट्ट, साह र चौधरीले आफूहरुले एमालेको सदस्यता नलिएको जिकिर गर्नुभएको छ । ती रिटको पेसी आज तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारवाही गरेको थियो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्त्री हुनुहुन्थ्यो ।