कोरोना विशेष

काठमाडौँमा ५० वर्ष माथिका नागरिकलाई आज भेरोसेल खोप लगाइँदै


काठमाडौँ – काठमाडौँ उपत्यकामा ५० वर्ष माथिका नागरिकलाई आज कोरोनाविरूद्धको खोप लगाउँदै छ । ५० वर्षमाथिका सबै नागरिक, प्राध्यापक, शिक्षक, सवारी साधनका चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्ने नागरिकले खोप लगाउन पाउनेछन् ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ । नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा उमेर प्रमाणित हुने कागजात देखाएर खोप लगाउन पाइने छ । यसैबीच, काठमाडौँ महानगरपालिकाका ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइने अधिकारीहरूले बताएका छन् ।