राजनीति

सांसद पद पुनर्वहालीको माग गर्दै पूर्वमाओवादीका चार नेता सर्वोच्चमा, बिहीबार पेसी


काठमाडौँ – प्रतिनिधि सभा सदस्य पुनर्वहालीको माग गर्दै नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी सर्वोच्च अदालत पुग्नुभएको छ । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रिट दर्ता गराउनुभएको हो ।

माओवादी केन्द्रले सांसदबाट कारवाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । पार्टी छाडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनीहरूलाई सांसदबाट हटाएको थियो । माओवादी छाडेका चारैजना प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरूको पद रिक्त भएको सूचना संसद बैठकमा सुनाइएको थियो ।

सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइको पेसी विहीबारका लागि तोकेको छ ।