राजनीति

गठबन्धनको बैठक सम्पन्न, मन्त्रिपरिषद् विस्तार गर्न सहमत


काठमाडौँ – तत्काल मन्त्रिपरिषद् विस्तार गर्न सत्तारुढ गठबन्धन सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ । साझा नीति तथा कार्यक्रमबारे थप छलफल गरेर मूर्त रुप दिने उहाँले बताउनभयो । प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने समझदारी पनि बनेको छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुन्थ्यो ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो । एमालेको माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी हुनुभएको थियो