Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

सर्लाहीको ब्रह्मपुरीमा आमा र दुई बच्चाको पोखरीमा डुबेर मृत्यु


काठमाडौँ – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा डुुबेर आमा र २ बच्चाको मृत्यु भएको छ ।


ब्रहमपुरी गाउँपालिका वडा नम्बर ३ बस्ने संजिव कापरकी श्रीमती रितेवा देवी कापर, २ वर्षीया छोरी र ९ दिनको छोराको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार राती करिब १ बजेको समयमा घरबाट २ बच्चासहित हिडेकी थिइन ।

श्रीमती र बच्चा खोज्दै हिडेका संजिव सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ । मृतक महिलाको मानसिक अवस्था ठिक नरहेको गाउँलेहरूले बताएका छन् ।