राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, प्रदेश प्रमुख हेरफेरको तयारी


काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद‍‍्को बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय हुने बुझिएको छ ।

यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको स्रोतको भनाइ छ ।

आजै माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचनलाई नियुक्ति गर्न  सिफारिस गर्ने निर्णय गरेको थियो ।