राजनीति

ओली सरकारले हटाएका प्रदेश प्रमुखलाई नै पुनर्नियुक्ति गर्ने माओवादी केन्द्र निर्णय

अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सिफारिस गर्ने


काठमाडौँ – नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्तिको निर्णय गरेको छ । आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो ।

यद्यपि आजको मन्त्रिपरिषद् बैठकले भने लुम्बिनीमा कांग्रेस, गण्डकीमा माओवादी केन्द्र र प्रदेश २ मा जसपाका तर्फबाट १/१ जना प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको छ । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।