राजनीति

लालबाबु पण्डितले भने : अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्


काठमाडौँ – नेकपा (एमाले) का नेता लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भने, ‘नागरिकता विधेयक छिटो पारित होस् । नेपाली नागरिकले छिटो नागरिकता प्राप्त गरुन् । निजामति विधेयक पनि छिटो पारित होस् ।’

उनले अपराधीहरू बालुवाटार नपुगुन् भनेर सचेत समेत बनाए । ‘अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्,’ पण्डितले भने, ‘यदि सरकारले अपराधी छोड्ने स्थिति हो भने अपराध मौलाउने हुन्छ ।’