काठमाडौँ –नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ।
प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमले जनाएको छ। अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा फोन गर्न सक्नेछन्।
यसैगरी नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया