समाचार

सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो



काठमाडौँ –आज नेपाली बजारमा सुनको मुल्य तोलामा ३ सय रुपैँयाले घटेको छ भने चाँदीको मुल्य भने स्थिर रहेको छ ।

हिजो सोमबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैयाले ओरालो लागेर प्रतितोला ९१ हजार ८०० रुपैँयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, आजलाई चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार २७० मा चाँदीको कारोबार भई रहेको थियो ।