समाचार

यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूले इराक छाडिसक्ने



काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने बताएका छन्। यद्यपि इराकी सेनालाई तालिम र सल्लाह दिनका लागि त्यहाँ अमेरिकी सेनाहरू रहिरहने बताइएको छ।

इराकी प्रधानमन्त्रीको वासिङ्टन भ्रमणका बेला बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। इराकी प्रधानमन्त्री मुस्ताफा अल(खादिमीसँग ह्वाइट हाउसमा कुराकानी गरेपछि बाइडनले यस्तो घोषणा गरेका हुन्।

इराकमा हाल पच्चिस सय अमेरिकी सैनिकहरू रहेका छन्। ती सैनिकहरूले इराकी फौजलाई बाँकी रहेका इस्लामिक स्टेट लडाकूसँग लड्न सहयोग गरिरहेको बताइएको छ।

यो घोषणापछि पनि कैयौँ अमेरिकी सैनिकहरू इराकमै रहनेछन्।