राजनीति

अमेरिकी राजदूत र गृहमन्त्री खाँणबीच भेटवार्ता


काठमाडौँ – नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरी र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा सोमबार राजदूत बेरी र गृहमन्त्री खाँणबीच भेट भएको हो । दुई देशबीच सम्बन्ध सुदृढ रहनेमा आफू विश्वस्त रहेको राजदूत बेरीले बताएका थिए ।

उनले नेपाललाई थप कोरोना खोप आवश्यक रहेमा सहयोगलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइने पनि बताएका छन् । भेटमा गृहमन्त्री खाँणले सरकारको प्राथमिकता जनतालाई खोप लगाउनु रहेको बताएका थिए ।