राजनीति

रवीन्द्र मिश्रको प्रस्तावमा विवेकशील साझा पार्टीका नेताहरु असन्तुष्ट


काठमाडौँ – पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा पार्टीमा असन्तुष्टि देखिएको छ । विवकेशील नेपाली दलबाट आएका नेताहरुले मिश्रको प्रस्तावमा आपत्ति जनाएका हुन् । पार्टीमा छलफल नै नगरी दस्तावेज सार्वजनिक गरेको र घुमाउरो भाषामा राजतन्त्रको पक्षमा वकालत गरेको उनीहरुको आरोप छ ।

पार्टीका संयोजक मिलन पाण्डेले पनि संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव मिश्रको व्यक्तिगत धारणा मात्र भएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘उहाँले राख्नु भएको धारणाको पार्टीसँग कुनै नाता छैन, यो पार्टीको लाइन पनि होइन ।’ पाण्डेकै समूहका अर्का एक नेताले पनि अध्यक्ष मिश्रको प्रस्ताव पार्टीको एजेण्डा नै नबन्ने दाबी गरे । मिश्र पक्षकै कतिपय नेताहरुले पनि उनको दस्तावेजमा असन्तुष्ट छन् ।